आलु महोत्सवमा बढ्दो सहभागिता
पाेखरा | चैत २८, २०८२
पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ । शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो ।
शनिबार बिदा परेको र मौसमले समेत साथ दिएसँगै जनसहभागिता बढ्दै गएको आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
शनिबार मात्रै करिब ८ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । त्यहाँ आलुको कारोबारदेखि, कृषि स्टल र अन्य स्टलमा पनि उल्लेख्य कारोबार भइरहेको अध्यक्ष श्रेष्ठले सुनाए ।
महोत्सवमा पुग्ने दर्शक अधिकांशले कृषि स्टलमा चासो राख्ने गरेको पाइएको छ । किनकि महोत्सव प्रवेशसँगै त्यहाँ कृषि उपज तथा सामग्रीका स्टलहरू देख्न पाइन्छ ।
आलु महोत्सव भएकाले आलुको ज्ञान लिन आउने दर्शक संख्या पनि बाक्लै छ, महोत्सव स्थलमा आलुको प्रजाति तथा अन्य विभिन्न तरकारीका बीउबिजन प्रदर्शनी गरिरहेको कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक सहायक बालकृष्ण भारतीले बताए । त्यहाँ निर्देशनालयले २५ प्रजातिका आलु तथा ३७ प्रकारका अन्य तयारीका बीउ प्रदर्शनीमा राखेको छ ।
महोत्सवअन्तर्गत शनिबार कलाकारहरू शान्तारानी परियार, अनिल चापागाईं, करिष्मा बीसी, पूजा तामाङ, नेत्र खंका, परशुराम अधिकारी, सुनील गायक, आयुषा खत्री तथा मुना अर्यालले प्रस्तुति राखे ।
त्यस्तै महोत्सवमा आइतबार कलाकारहरू बद्री पंगेनी, ममता तामाङ, शान्ता बर्देवा, रोशन बीसी, नेत्र खड्का, परशुराम अधिकारी, मुना अर्याल, आयुषा खत्री लगायतले दर्शकलाई मनोरञ्जन दिने मूल आयोजक समितिका महासचिव विकल थापाले जानकारी दिए ।
महोत्सवअन्तर्गत त्यहाँ आलु तथा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन् ।
त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका दैनिक प्रस्तुति लगायत विभिन्न कृषि उपज बीउबिजन तथा कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि संचालित छन् ।
महोत्सवमा आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य सय वटा व्यापारिक स्टल रहेका छन् । त्यहाँ प्रतिकेजी ३५ रुपैयाँमा आलुको कारोबार हुने गरेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

